
काठमाडौँ – सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।
संसदमा सरकारले पेलेरै जान खोजेको भन्दै कांग्रेसले सडकबाट समेत विरोध प्रदर्शन गरेको हो। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ।
सत्तारुण दलहरु छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोकेरै व्यक्तिकेन्द्रीत छानबिन समिति बनाउन नसकिने अडानमा छन्।
कांग्रेसले भने गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समितिको कार्यादेश बनाउनु पर्ने बताउँदै आएको छ। जसका कारण सहमति जुट्न सकेको छैन।