भृकुटीमा पुराना विद्यार्थीको अक्षयकोष

भृकुटीमा पुराना विद्यार्थीको अक्षयकोष
+
-

नेपालगन्ज – बर्दियाको डेउढाकलामा रहेको भृकुटी माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीले अक्षयकोष स्थापना परेका छन्।
२०५५ सालमा एसएलसी दिएका विद्यार्थीले स्कूलमा एक लाख एघार हजारको अक्षयकोष स्थापना परेका हुन्।

‘भृकुटी मावि २०५५ एसएलसी ब्याच अक्षयकोष’ नामकरण गरिएको अक्षयकोषको वार्षिक आउने ब्याज १२ कक्षामा अध्ययनरत छात्र र छात्रालाई वितरण गरिनेछ। त्यसका लागि विद्यालयका प्रधानाध्यापक भीमप्रसाद रिजाल, अक्षयकोष सञ्चालन समितिका अध्यक्ष सरस्वती ढकाल, ११ र १२ कक्षामा पढाउने एक जना शिक्षक सम्मिलित छनौट समिति बनाइएको छ। समितिले १२ कक्षामा पढ्ने गरीव, जेहेन्दार, मेधावी छात्र/छात्रालाई विशेष कार्यक्रमको अवसर पारेर छात्राबृत्ति प्रदान गर्नेछ।

अक्षयकोष सञ्चालन समितिका पदाधिकारीले आज स्कूलमै पुगेर त्यससम्बन्धमा सम्झौता गर्दै चेक हस्तान्तरण गरेका छन्। समितिका अध्यक्ष सरस्वती ढकाल, उपाध्यक्ष रामबहादुर चौधरी र कोषाध्यक्ष लक्ष्मी सिंहले स्कूलका प्रधानाध्यापक भीमप्रसाद रिजाल, व्यवस्थापन समितिका पदेन सदस्य रहने वडाध्यक्ष बलिराम चौधरीको उपस्थितिमा सम्झौता पत्र आदान–प्रदान गर्दै चेक हस्तान्तरण गरेका हुन्।

भृकुटीमा २०५५ सालमा एसएलसी दिने ३५ जना विद्यार्थी थिए। त्यसमध्येका १७ जनाले मिलेर अक्षयकोष स्थापना गरेका हुन्। बाँकी रहेका साथीहरुलाई समेट्दै लैजाने र भविष्यमा अक्षयकोषको रकम बढाउने अध्यक्ष ढकालले बताइन्।

सो अवसरमा प्रधानाध्यापक रिजालले अक्षयकोष स्थापना गरेर २०५५ सालका एसएलसी ब्याचका विद्यार्थीले राम्रो काम गरेको बताए।
थोरै रकमबाट अक्षयकोषको स्थापना गरिएको छ। वर्षमा ८ हजारमात्रै ब्याज आएपनि दुई जनाले चार/चार हजार पाउनेछन्। अक्षयकोषलाई बढाउदै लैजाने समितिको रणनीति रहेको छ। विभिन्न ठाउँमा भूतपूर्व विद्यार्थीहरु एकजुट भएर केही न केही नयाँ काम गरिरहेका छन्। भृकुटीका २०५५ साले द्यिार्थीले गरीव, जेहेन्दार विद्यार्थीको हौसला बढाउन अक्षयकोष स्थापना गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?