
काठमाडौँ– सहकारी प्रकरणको छानबिनका लागि प्रतिनिधिसभाले मंगलबार नेकपा एमालेका सूर्य थापाको संयोजकत्वमा ७ सदस्यीय संसदीय समिति गठन गरेको छ।
सहकारी समिति बनाउन दलहरुबीच सहमति भएसँगै कांग्रेसले लामो समयदेखि गरेको संसदीय अवरोध टुंगिएको छ। सहकारी समिति छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गरेका कारण लामो समयदेखि संसद्का कामकारबाही अवरुद्ध भएको थियो।
मंगलबार गठन भएको समितिमा सत्तारुढ एमालेका थापा संयोजक छन् भने एमालेबाट सरिता भुसाल सदस्य छन्।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट जीवन परियार र ईश्वरी न्यौपाने तथा माओवादीबाट लेखनाथ दाहाल,रास्वपाका शिशिर खनाल र राप्रपाका धुर्वबहादुर प्रधान सदस्य रहेका छन्।
तस्बिरहरु: