गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। बुधबार साँझ प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री पाण्डेसंगै दुई मन्त्रीले पनि शपथ लिए। लमजुङका डा‍. टकराज गुरुङले र कास्कीका विन्दुकुमार थापाले पनि शपथ लिए। गुरुङले आर्थिक मामिला र थापाले उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कांग्रेस संसदीय दलका नेता पाण्डे बुधबार नै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोमबार सर्वोच्चले ४८ घण्टाभित्र गण्डकीमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परामदेश दिएको थियो। उपधारा (३) मा सबैभन्दा ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।

सुरेन्द्रराज पाण्डे दोस्रो पटक गण्डकीको मुख्यमन्त्री बनेका हुन्। गत वर्ष बैशाख १४ गते पाण्डे नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ सासंदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

सत्ता समिकरणमा फेरबदल आएपछि माओवादी केन्द्रले पाण्डेलाई दिएको समर्थन फिर्ता लियो। विश्वासको मत नपाउने निश्चित भएपछि उनले चैत २१ मा प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए।

चैत २५ मा एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका २२, माओवादीका ८ ९सभामुखसहित र नेकपा एकीकृत समाजवादी पार्टीका १ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए।

दोस्रो पटक मुख्यमन्त्री बनेका खगराजको विश्वासको मत असंवैधानिक भएपछि सर्वोच्चले उपाधार (३) अनुसार सरकार गठनको परमादेश जारी गर्दा सरकार ढलेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?