
काठमाडौँ – सुनमा लगाइएको सिन्डिकेट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।
विगत १४ वर्षदेखि लागु गरिएको सुनको कोटा प्रणाली खारेज गर्न माग गर्दै उनीहरुले आइतबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
साथै उनीहरुले सुनमा गरिएको भन्सार वृद्धि अव्यवहारिक रहेको भन्दै खारेजीको माग गरेका छन्। सुनचाँदी व्यवसाय तथा कालिगढमैत्री नीति–निर्देशिका ऐन लागु गर्न पनि उनीहरुले माग गरेका छन्।
संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।