
काठमाडौं- काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि खनेको सडकमा सडक विभागले पिच गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।
सोमबार बिहान सडक विभागले महानगरले खनेको खाल्डो पुरेर धमाधम पिच गरेपछि त्यहाँ महानगर र सडक विभागबीच तनावपूर्ण अवस्था सिर्जना भएको हो।
विभागले पिच गरेपछि त्यसलाई रोक्नका लागि काठमाडौं महानगरका नगर प्रहरी त्यहाँ पुगेका छन्। प्रहरी र विभागका बीच तनावपूर्ण अवस्था सिर्जना भइरहँदा त्यहाँ रहेका महानगरका दुई वडा र स्थानीयहरू पनि पक्ष विपक्षमा बाँडिएका छन्।
महागरअनर्तर्गतको २४ नम्बर वडाले महानगरले गरेको काम ठीकै भएको बताएको छ भने २२ वडाले भने असमर्थन जनाएको छ। यद्यपि, काम भइरेको क्षेत्र वडा नम्बर २४ मा पर्दछ।
यसैगरी, स्थानीयहरूले पनि कतिले महानगरको उक्त कार्यलाई समर्थन गरेका छन् भने कतिले विरोध गरेका छन्।
अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच त्यहीँ छलफल भइरहेको छ।
थप तस्बिरहरू: