टी-२० विश्वकप: भारतद्वारा पाकिस्तानलाई १ यस २० रनको लक्ष्य

टी-२० विश्वकप: भारतद्वारा पाकिस्तानलाई १ यस २० रनको लक्ष्य
+
-

टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई जितका लागि १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। न्युयोर्क स्थित नासाउ काउन्ट्रि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारत अन्तिम ओभर बाँकी हूँदा १ सय १९ रनमा अलआउट भयो। टी-२० विश्वकपमा भारतको यो सर्वाधिक कम स्कोर समेत हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेलले २० रन बनाए। त्यस्तै रोहित शर्माले १३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

भारत विरुद्ध कसिलो बलिङ गर्ने क्रममा पाकिस्तानका नसिम साह र हरिस रउफले ३-३ विकेट लिए। साहले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिंदा ३ ओभर बलिङ गरेका रउफले पनि २१ रन खर्चिएर ३ विकेट लिएका थिए।त्यस्तै मोहम्मद अमीरले २ विकेट हात पार्दा सहिन साह अफ्रिदीले १ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?