टी-२० विश्वकप: पाकिस्तानले भेटाएन १ सय २० रनको लक्ष्य, भारत ६ रनले विजयी

टी-२० विश्वकप: पाकिस्तानले भेटाएन १ सय २० रनको लक्ष्य, भारत ६ रनले विजयी
+
-

टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ। लगातार दोस्रो हारसँगै पाकिस्तानको शीर्ष आठको सम्भावना कमजोर बन्यो। भारत भने लगातार दोस्रो जित सँगै समूहमा शीर्ष स्थानमा उक्लियो।

न्युयोर्क स्थित नासाउ काउन्ट्रि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितका लागि १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर पाकिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङ गरेको भारत १९ औं ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटिएको थियो। उसका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेलले २० रन बनाए। त्यस्तै रोहित शर्माले १३ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

भारत विरुद्ध कसिलो बलिङ गर्ने क्रममा पाकिस्तानका नसिम साह र हरिस रउफले ३-३ विकेट लिए। साहले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ३ विकेट लिंदा ३ ओभर बलिङ गरेका रउफले पनि २१ रन खर्चिएर ३ विकेट लिएका थिए।त्यस्तै मोहम्मद अमीरले २ विकेट हात पार्दा सहिन साह अफ्रिदीले १ विकेट लिए।

१ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान भने पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ रन बनाउँदा बाबर अजाम र उस्मान खान तथा फखर जमामले समान १३-१३ रन बनाए। इमान वासिम १५ रनमा आउट भएका थिए। भारतका लागि जसप्रित बुमराहले ३ विकेट लिंदा हार्दीक पाण्ड्याको नाममा २ विकेट लिएका थए। त्यस्तै अर्सदीप सिंह र अक्षर पटेलले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?