काठमाडौं- फिफा विश्वकप छनोट अन्तर्गत यमनसँगको अन्तिम खेलका लागि नेपालले प्लेइङ ११ सार्वजानकि गरेको छ। कप्तान किरण लिम्बुको एक सयौं खेलमा अङ्क विहीन नेपाल पहिलो अङ्कको खोजिमा रहेको छ।
फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरण बिर्सनलायक यात्रालाई सुखद अन्त गर्ने प्रयासमा नेपाल रहेको छ। समूह ‘एच’मा रहेको नेपाल पहिलो अङ्क र गोलको खोजिमा रहेको छ।
समग्रमा नेपालका लागि निराशाजनक रहेको विश्वकप छनोटको अन्तिम खेल यमनसँग साउदी अरेबियामा खेल्ने छ। यो खेल यमनको घरेलु मैदानमा हुनुपर्ने भएपनि न्युट्रल भेन्युका रूपमा रहेको साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुँदैछ। खेल नेपाली समयअनुसार राति ११:४५ मा सुरु हुने छ।
नेपाल र यमन तुलनात्मक रूपमा प्रतिस्पर्धी टिम हुन्। तर यसअघि नेपाल घरेलु मैदानमा खेल्दा २-० ले पराजित भएको थियो। यमनसँगको दोस्रो खेलअघि नेपालले साउदीमै भएको यूएईविरुद्धको दोस्रो खेलमा ४ गोल खान पुग्यो। समूहको पहिलो खेलमा पनि नेपाल अवे मैदानमा अर्थात युएईमा भएको खेलमा ४ गोल नै खान पुगेको थियो।
यस्तो छ नेपालको प्लेइङ ११


भर्खरै
लोकप्रिय






































































































































































































