
सिमकोट – विद्यालयलाई शैक्षिक तथा खेल सामग्री सहयोग गरिएको छ। विद्यालयमा पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोग पुर् याउने उद्देश्यले ती सामग्री विद्यालयलाई प्रदान गरिएको हो।
खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीले आफ्ना वडा भित्रका मावि तथा आधारुत विद्यालयलाई शैक्षिक र खेल सामग्री सहयोग गरिएको बताए।
उनले विद्यालयमा पठनपाठनका साथै अन्य अतिरिक्त कृयाक्लाप सञ्चालन गर्न सामग्री नभएको कारण वडाले आफ्नै लगानीमा ती सामग्री प्रदान गरिएको बताए। चार वटा आधारभुत विद्यालयहरु बागेश्वरी आवि, मान्धारा प्रावि, जोगराज प्रावि र हिल्सा नौधारा आधारभुत प्रविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ भने मान्धारा माविलाई खेल सामग्री सहयोग गरिएको छ।
उनले यी सामग्री सहयोगबाट विद्यालयमा विद्यार्थीले अतिरिक्त क्रियाकलाप गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे। यसका लागि आर्थिक सहयोग वडाले गरेको हो। वडा अध्यक्ष शाहीले यसरी विद्यालयलाई वर्षेनी पटक–पटक सहयोग गर्दै आएका छन्।