
काठमाडाैँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले वित्तीय समस्या र बैंक वित्तीय संस्थाको अराजकताविरुद्ध विरोध कार्यक्रम गरेकाे छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नेता–कार्यकर्ता माइतीघर मण्डलामा बुधबार भेला भई सिंहदरबार जाने भने पनि उनीहरू माइतीघर मण्डलाबाट जिल्ला अदालत हुँदै काठमाडाैँ जिल्ला प्रशासन कार्यालय मोडसम्म गएका थिए।