आइसीसीको नयाँ नियम जसको पहिलो सिकार बन्यो अमेरिका

आइसीसीको नयाँ नियम जसको पहिलो सिकार बन्यो अमेरिका
+
-

भारत र अमेरिकाबीच बुधबार राति न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा  समूह ‘ए’ अन्तर्गतको आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा भयो। जारी संस्करणमा उत्कृष्ट लयमा देखिएको अमेरिकाले भारत विरुद्ध निकै सानदार प्रदर्शन गर्‍यो।

नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उच्च स्कोर बन्न सकिरहेको छैन। यस्तोमा १ सय ११ रनको लक्ष्य जोगाउन मैदान उत्रिएको अमेरिकाले भारतलाई पनि दबाबमा राखिरहेको थियो। तर अमेरिका अम्पायरले दिएको पाँच रनको पेनाल्टीका कारण महत्वपूर्ण समयमा दबाबमा पर्‍यो।

अमेरिकाले जारी सिजन पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएर सनसनी मच्चाएको थियो। उसले तेस्रो खेलमा पनि उत्कृष्ट लय कायम राख्दै भारतलाई पनि दबाब दिएको थियो। तर भारतले १० बल बाँकी हुँदा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भेटाउँदै सुपर-आठमा स्थान बनायो।

खासमा यो पेनाल्टी यसै पटक आएको नयाँ नियमका कारण अमेरिकाले पाएको हो। गत डिसेम्बरमा आइसीसीले यो नियमलाई ट्रायलमा राखेको थियो। उसले गत अप्रिलमा ट्रायल अन्त गर्दै प्रतियोगिताहरुमा लागू गर्ने अनुमति दियो। यसको पहिलो सिकार यसपटकको वर्ल्ड कपमा अमेरिका बन्यो।

यसअन्तर्गत स्लो-ओभर गरेमा ‘स्टप क्लार्क’ नियम लागू हुने छ। यो नियम अनुसार दुई ओभरको बिचको खाली समय अर्थात ६० सेकेन्डभित्र अर्को ओभर सुरु गरिसक्नु पर्ने हुन्छ।

यद्यपि एक समयमा भारतीय ब्याटिङ लाइनअप अमेरिकी बलरको वरिपरि घुमेको थियो। ३० बलमा ३५ रन चाहिएको अबस्थामा लामो समयदेखि भारतीय ब्याटरहरु बाउन्ड्रीको खोजी गरिरहेका थिए। रन बनिरहेको थिएन्, भारतीय ब्याटरमा सट खेल्ने आत्मविश्वास आइरहेको थिएन्। शिवम दुवे र सुर्यकुमार यादव क्रिजमा थिए। भारतीय टिम मुस्किलतर्फ अघि बढिरहेको थियो।

तर १६औं ओभरमा जसदीप सिंहले पहिलो बल फाल्ने साथ अमेरिकालाई एउटा झट्का लाग्यो। अम्पार पउल रेइफिलले अमेरिकालाई जरिवाना स्वरुप भारतको खातामा पाँच रन जोड्दिए। मोनांक पटेलको अनुपस्थितिमा कप्तानी गरिरहेका एरेन जोन्सले यो कदमको विरोध गर्दै अम्पायरसँग अपिल त गरे तर यो निर्णयमा पुनरावलोकन भएन।

एक ओभर सकिएको ६० सेकेन्डमै अर्को ओभर सुरु नगरे एक इनिङमा दुई पटक अम्पायरले चेतावनी दिन्छन्। यदी तेस्रो पटक यस्तो गल्ती गरेमा पाँच रन जरिवान हुने छ। त्यसपछि लगातार पाँच रन जरिवाना हुँदै जान्छ। पहिलो ओभर सकिन साथ ‘स्टप क्लार्क’ ले समय देखाउन सुरु गर्छ।

यही ‘स्टप क्लार्क’ नियमको चपेटामा पर्दा अमेरिकाले महत्वपूर्ण क्षणमा भारतलाई पाँच रन दिनु पर्‍यो जसले भारतका ब्याटरमा आत्माविश्वास मात्र आएन, विस्तारै उनीहरु खेलमा फर्कदै जित निकाले। त्यसो त महत्वपूर्ण अवसरमा सूर्यकुमार यादवको क्याच छोड्नु पनि अमेरिकाका लागि भारी पर्‍यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?