काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को तेस्रो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई पराजित गर्दै ‘सुपर आठ’ को सम्भावना कायम राखेको छ। बिहीबार राति भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको हो। बंगलादेशले जितेसँगै अब नेपालले बाँकी दुई खेलमा जित निकालेमा शीर्ष आठमा स्थान बनाउने पक्का भएको छ।
प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा बंगलादेशले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो। बंगलादेशका लागि अलराउन्डर सकिब अल हसनले ६४ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा महमुदुल्लाहले २५ रन बनाए। त्यस्तै, जकिर अलीले १४ रनको नटआउट इनिङ खेल्दा ओपनर तनजित हसनले ३५ रन बनाए। नेदरल्यान्ड्सका लागि आर्यान दत र पउल भान मेकरिनले समान २-२ विकेट लिएका थिए।
१ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यन्ड्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। नेपालका लागि माइकल लेभिटले १८ रन बनाउँदा कप्तान स्कट एडवार्ड्सले २५ रन बनाए। त्यस्तै, विक्रमजित सिंहले २६ रन बनाउँदा स्याब्रान्ड एंगलब्रेचले ३३ रन बनाएका थिए।
बंगलादेशका लागि रिसद होसेइनले ३ विकेट लिँदा तस्किन अहमेदले २ विकेट हात पारे। त्यस्तै, मुस्ताफिजुर रहमान, तनजिम सहन सकिब र महमुदुल्लाहले समान १-१ विकेट लिए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































