जब चाइनिज समर्थकले सिंगापुरका गोलरक्षकलाई पैसा पठाउन थाले  

जब चाइनिज समर्थकले सिंगापुरका गोलरक्षकलाई पैसा पठाउन थाले   
+
-

सिंगापुरका गोलरक्षक हसन सन्नी पछिल्लो समय निरन्तर आफ्ना खातामा आएको पैसाका कारण अनौठो अनुभव गरिरहेका  छन्। चिनिया फुटबल समर्थकले हसनलाई निरन्तर पैसा  पठाइरहेका छन्। त्यसको कारण भने अनौठो छ।  उनले विश्वकप छनोट अन्तर्गत थाइल्यान्ड विरुद्धको खेलमा सिंगापुरका लागि  उत्कृष्ट ११ सेभ गरेपछि  चिनिया  टोली विश्वकप छनोटको फाइनल चरणमा पुगेको थियो।

उक्त खेलमा उनले अविश्वसनिय प्रदर्शन गर्दै थाइल्यान्डका एकपछि अर्को प्रहार बचाएका थिए। परिणामत समूहमा रहेको अर्को टोली चीन अघिल्लो चरण पुग्न सफल भयो। विश्वकप छनोट अन्तर्गत समूह ‘सी’ मा मंगलबार सियोलमा भएको खेलमा दक्षिण कोरियासँग १-० ले पराजित भएपछि सन् २०२६ को एसियाली छनोटको अन्तिमचरण पुग्ने चिनको आसा कमजोर बनेको थियो।

यस्तोमा समूहको कमजोर प्रतिद्वन्दी विरुद्ध थाइल्यान्डले समूहमा चिनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनका लागि सिंगापुरलाई कम्तिमा ३ गोलको अन्तरले हारउनु पर्ने थियो। यस्तो भएको खण्डमा चीन प्रतियोगिताबाट बाहिरिने थियो। हसनको उत्कृष्ट प्रदर्शनले चिनको आसा अनुसारकै नतिजा आयो।

हसनले एकपछि अर्को उत्कृष्ट बचाउहरु गर्दा खेलमा ३-१ ले थाइल्यान्डले जित्यो तर अघिल्लो चरण प्रवेश गर्न थाइल्यान्ड असफल भयो। परिणामत चिनले विश्वकप छनोटको फाइनल चरणमा स्थान बनायो। चिनिया समर्थकले यही  खुसिमा उनलाई क्युआर कोडमार्फत पैसा पठाउन सुरु गरेको उनले बताए।

हसनका अनुसार सिंगापुरको फुड स्टलबाट आफ्नो क्युआर कोडका तस्विरहरु अनलाईनमा प्रसारित भएको बताए। उनको परिवार सिंगापुरमा फुड स्टल सञ्चालन गर्ने गर्थ्यो, जुन क्युआर कोडलाई फ्यानहरुले पैसा स्थान्तरणका लागि प्रयोग गरिरहेका छन्।

उनका अनुसार उनलाई केही समय पैसा आउँदा रमाइलो लाग्यो। उनले भने ‘यो ठिक छ, पैसा आइरहेको छ।’ तर पैसा निरन्तर आइरहेपछि उनी सोचमा परेका छन्। हसन भन्छन् ‘म सोचिरहेको छु। यो कहिले रोकिन्छ? के यो कानूनी हो?’ हसनले अहिले सम्म कति पैसा खातामा आयो भनेर केही खुलाएन्न। तर उनले भने ‘मलाई लाग्छ हामी कतै रोकिनु पर्छ।’

उनको परिवारतको स्टल ‘दापुर हसन’ सिंगापुरको पूर्वी उपनगरमा अवस्थित छ, धेरै चिनियाँ प्रशंसकहरुले थाइल्यान्ड विरुद्ध उनले देखाएको विरतापछि उनको परिवारको फुड स्टलमा पुगेका थिए। यतिसम्मकी उनीहरुको स्टलमा बिहीबार खानाको अभाव भएको थियो। हसनले भने ‘मेरो परिवार यो सबै देखेर छक्क परिरहेको छ।’ हसनलाई छोरीहरुले सोधेकी ‘तपाँइलाई जताततै किन यसरी देखिरहेका छौं?’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’