सरकारमा छु तर सत्ता अरुले नै चलाउँछन्: गृहमन्त्री लामिछाने

सरकारमा छु तर सत्ता अरुले नै चलाउँछन्: गृहमन्त्री लामिछाने
+
-

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएको गुनासो गरेका छन्।

उनले सय दिनको अवधिमा देशलाई नराम्रो हुने केही काम नगरेको भन्दै आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन्।

उनले भनेका छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ।’

उनले बेथितिका कैयौं फाइल खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागे पनि त्यस्तो नभएको बताए। उनले भने, ‘सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केही काम गरेकाे छैन, नेपाली जनताको कसम खाएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिनँ।’

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसलाई सेवा दिइरहेको जानकारी दिँदै अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा दिइरहेको दाबी गरे।

उनले गृहमन्त्री बनेको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीसँग शुक्रबार सरकार फेरिँदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् । उनले आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएको गुनासो गरेका छन् ।

आफ्ना कुराहरु राखिसकेपछि उनी पत्रकारका प्रश्नहरुको कुनै जवाफ नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?