दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्दै
+
-

टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

दुई खेलपछि पनि नेपाल आफ्नै प्रयासमा शीर्ष आठको सम्भावना रहेको टोली हो। यदि नेपालले आज दक्षिण अफ्रिका र अन्तिम खेलमा बंगलादेशलाई हराएमा ५ अङ्क बनाएर समूहमा दक्षिण अफ्रिकापछिको दोस्रो स्थानमा रहँदै ‘सुपर आठ’ मा पुग्नेछ। बाँकी टिम बाहिरिने छन्।

तर, पराजित भएको खण्डमा नेपाल बाहिरिने छ। वर्षाले प्रभावित बनाएर दक्षिण अफ्रिकासँग १ अङ्क लिएको खण्डमा भने अन्तिम खेलमा बंगलादेशमाथि फराकिलो जित निकाल्नु पर्ने चुनौती रहने छ। किनकि यस्तो अवस्थामा ४ अङ्क बनाउने टोलीबीच नेट रनरेटका आधारमा शीर्ष २ मा पुग्ने टोलीको छिनोफानो हुनेछ।

नेपालको सुपर आठको सम्भावना जिवित त छ तर निकै कठिन र चुनौतीपूर्ण छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित नेपालले दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण अङ्क बाँड्यो। अब नेपालले अघिल्लो चरण प्रवेशका लागि बाँकी दुई टेस्ट टोलीको चुनौती पन्छाउनु पर्नेछ। अन्यथा बंगलादेश सुपर आठमा पुग्ने सर्वाधिक प्रवल दाबेदार टोली हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?