
काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले टोलीमा एक परिवर्तन गरेको छ। नेपाललको आजको खेलमा लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा रहँदा सागर ढकाल बेन्चमा रहेका छन्।
नेपाल आज दक्षिण अफ्रिका विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघिनै दक्षिण अफ्रिका भने ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर आठमा प्रवेश गरीसकेको छ।
अमेरिकाको फ्लोरिडामा हुने खेल वर्षाका कारण रद्द भएपछि नेपाल र श्रीलंकाले समान १ अंक बाँडेका थिए। नेपाल र श्रीलंकाले यो विश्व कपमा जोडेको त्यो पहिलो अंक हो। त्यो खेल रद्दसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।
नेपाली टोलीमा फर्किएका सन्दीप ७ महिनापछि राष्ट्रिय टोलीमा फर्केका हुन्। उनले दक्षिण अफ्रिकाविरुद्ध दुई विकेट लिन सकेको खण्डमा टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेटको विश्व कीर्तिमान समेत बनाउने छन्।
नेपाली टोली
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, अभिनाष बोहोरा