
टी-२० विश्वकपमा वर्षाले समूहचरणलाई निरन्तर प्रभावित बनाउने क्रम रोकिएको छैन्। शनिबार राति हुने तय भएको भारत र क्यानडा बिचको खेल वर्षाका कारण रद्द हुँदा भारत र क्यानडाले १-१ अङ्क बाँडे। समूह ‘ए’ बाट भारत र अमेरिकाले सुपर आठमा प्रवेश गरीसकेका छन्।
यसअघि वर्षाकै कारण गत ४ जुनमा इंग्ल्यान्ड र स्कटल्यान्डको खेल वर्षाले प्रभावित हुँदा दुबै टिमले समान १-१ अङ्क बाँडे। त्यस्तै शक्रबार (१४ जुन) मा आयरल्यान्ड र अमेरिकाबिचको खेल पनि वर्षाका कारण रद्द भएको थियो। यो खेल रद्द हुँदा पाकिस्तान समूहचरणबाटै घर फर्किन बाध्य भयो।
त्यसअघि ११ जुनमा नेपाल र श्रीलंकाबिचको खेल पनि रद्द भएको थियो।फ्लोरिडामा तय भएको पहिलो खेलका रुपमा रहेको यो खेल वर्षाले प्रभावित बनाउँदा दुबै टिमले १-१ अङ्क बाँड्नु परेको थियो।
भारत र क्यानडाबिच वर्षाले प्रभावित हुने विश्वकपको यो चौंथो खेल हो। भारत र क्यानडा समूहचरणको अन्तिम खेल फ्लोरिडामा हुने कार्यतालिका रहेको थियो। अहिले सम्म फ्लोरिडामा तय भएका सबै तीन खेल हुन सकेको छैन्। अब भोली यहि मैदानमा पाकिस्तान र आयरल्यान्डको खेल हुने कार्यतालिका रहेको छ। उक्त खेलपनि के हुने अन्योलता रहेको छ।