नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन सुब्बादेखि दयाहाङ राईसम्म अमेरिका प्रस्थान

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन सुब्बादेखि दयाहाङ राईसम्म अमेरिका प्रस्थान
+
-

काठमाडाै‌ं- निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महोत्सवमा उनीहरुको सहकार्यमा बनेको ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ । महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् । मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ । चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ ।

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । महोत्सवमा समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन् । महोत्सवमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ । महोत्सव उदघाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।

चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ । महोत्सवको दौरानमा फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ । मेरिल्यान्ड राज्यको ‘पाक्रस तथा योजना आयोग’को सहयोगमा छलफल हुन लागेको हो । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?