युरोकप अन्तर्गत समूह ‘बी’ को रोमाञ्चक खेलमा अल्बानियाले क्रोएसियालाई २-२ गोलको बराबरीमा रोकेको छ। युरोपियन च्याम्पियनसिप अन्तर्गत बिहीबार राति भएको नाटकिय खेलमा इन्जुरी समयमा अल्बानियाले गोल गर्दा क्रोएसिया महत्वपूर्ण तीन अङ्कबाट विमुख भयो।
सन् २०१८ को विश्वकप फाइनलमा पुग्दै एतिहासिक प्रदर्शन गरेको क्रोएसियालाई यो बराबरीसँगै युरो-२०२४ को नकआउट चरणमा पुग्ने आशामा गम्भीर धक्का लागेको छ।
निकै रोमाञ्चक बनेको खेलमा अग्रता बनाएपनि अल्बानिया विरुद्ध पुनरागमन गर्दै क्रोएसियाले अग्रता लिएको थियो। तर खेलको ९५औं मिनेटमा क्लाउस गजासुलाले गोल गर्दै आफ्ना समर्थकहरूलाई अतुलनीय खुसी सहित टिमका लागि एक अङ्क खोसे।
खेलको सुरुवाती समयमा नै अग्रता लिएको अल्बानियाले दोस्रो हाफमा दुई मिनेटभित्र दुई गोल खाँदै अग्रता गुमाएन मात्र खेलमा पछि पर्यो। ११औं मिनेटमा जासिर असानीको क्रसमा काजीम लासीले हेडर मार्फत गोल गर्दै अल्बानियालाई अग्रता दिलाए।
तर १ घण्टा बढी खेलमा अग्रता लिएपनि अल्बानिया निर्धारित समयको २५ मिनेट बाँकी रहँदा गोल खान पुग्यो। आन्द्रेज क्रामारिचले ७४औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल गरे।
लगतै ७६औं मिनेटमा आत्मघाती गोलको सहयोगमा क्रोएसियाले खेलमा पुनरागमन गर्दै अग्रता लियो। आफ्नै सहकर्मीले क्लियर गरेको बल क्लाउस जासुलालाई लागेर गोलमा परिणत भएको थियो। तर अन्त्यमा आत्मघाती गोल गरेका जासुलाले गोल गर्दै खेललाई बराबरीमा ल्याउँदै टिमका लागि १ अङ्क निश्चित गरे।
बराबरी पछि दुवै टोलीले समूह बि मा पहिलो अंक जोडेका छन्। पहिलो खेलमा क्रोएसिया स्पेन विरुद्ध र अल्बानिया इटाली विरुद्ध पराजित भएका थिए।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































