
काठमाडौं- संघीय संसद सचिवालयका कर्मचारीले बिहीबारपनि आन्दोलनलाई निरन्तरता दिएका छन्। संसद र संसदीय समितिमा अतिरिक्त समय काम गरेको सहित विभिन्न ११ बुँदे माग राख्दै कर्मचारीहरु निरन्तर आन्दोलित छन्।
उनिहरुले कालोपट्टी बाँधेर कार्यलय समयको मात्रै काम गर्ने निर्णय गरेका छन्। उनीहरूले आफ्नो माग निःसर्त सरकारले पूरा गर्नुपर्ने एकसूत्रीय माग राखेका छन्। कर्मचारीको माग सम्बोधनबारे बिहीबार बिहान अर्थमन्त्री बर्षमान पुन,सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालबीच छलफल भएको थियो।
यसअघि बुधबार बेलुकाको संसद बैठकमा संसद सचिवालयका कर्मचारीले ब्ल्याक आउट गरेपछि सभामुखले बैठक नै स्थगित गर्नुपरेको थियो।
थप तस्बिरहरू: