
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम गरेको छ।
वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गरिएको हो।
चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु सहभागी भएका छन्।