एसईई कप चेसको उपाधि अभिकलाई

एसईई कप चेसको उपाधि अभिकलाई
+
-

काठमाडौं- हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ र्यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर च्याम्पियन बनेका हुन्।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अभिकले गोल्डेनगेट एसईई कप २०२४ को उपाधि कब्जा गरेका हुन्।

अभिक र पुरुषोत्तवीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो। त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए । विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन्।

गोल्डेनगेट इन्टरनेसनल कलज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गल्र्सतर्फ पहिलो स्थान हात पारिन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए । दुवैले समान २ अंक बटुलेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनैपनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छाबवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । त्यस्तै, सहभागि सबै खेलाडीलाई एक तिहाई (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागि प्रतियोगितामा खुला तथा गल्र्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार रुपिया, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार तरण गरेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’