टी-२० विश्वकप: अमेरिका माथि प्रभावशाली जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा

टी-२० विश्वकप:  अमेरिका माथि प्रभावशाली जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा
+
-

काठमाडौं- टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा साविक च्याम्पियन इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराएसँगै इंग्ल्यान्ड समूह ‘दुई’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड  ४ अङ्कका बाबजुत दक्षिण अफ्रिका र वेस्टइन्डिज भन्दा उत्कृष्ट रनरेटका कारण शीर्ष स्थानमा पुग्दा सेमिफाइनल पक्का भएको हो।

संघर्षपूर्ण रुपमा सुपर आठमा प्रवेश गरेको इंग्ल्यान्डले अन्तत सुपर आठमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। इंग्ल्यान्डले सुपर आठमा दक्षिण अफ्रिकासँग एउटा खेलमा पराजित भएपनि बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दा सेमिफाइनल सम्भव भएको हो। जारी टी-२० विश्वकपमा सेमिफाइनलमा स्थान पक्का गर्ने इंग्ल्यान्ड पहिलो टीमका रुपमा रह्यो।

अब दोस्रो टीमको टुंगो सोमबार बिहान हुने दक्षिण अफ्रिका र वेस्टइन्डिजबिचको खेलबाट लाग्ने छ।  उक्त खेलमा जित निकाल्ने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। आइतबार राति नेट रनरेटमा अघि रहँदै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएसँगै सेमिफाइनल स्थान पक्का गरेको हो। अब जारी प्रतियोगितामा अपराजित दक्षिण अफ्रिका र दुई पटकको विश्व विजेता वेस्टइन्डिज बिच सोमबार बिहान हुने खेल ‘गर या मर’ का रुपमा रहने छ।

अमेरिकालाई फराकिलो अन्तरले हराउनै पर्ने दबाबमा रहेको इंग्ल्यान्डले आफू अनुकुल नतिजा निकाल्न सफल भयो। टस हारेर पहिले ब्याटिङ गर्दै अमेरिकाले बनाएको १ सय १५ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै बिना विकेटको क्षतिमा पुरा गरेको हो। उसका लागि ओपनर तथा कप्तान जोस बटलरले ३८ बलमा ६ चौका र ७ छक्काको सहयोगमा ८३ रनको सानदार अबिजित इनिङ खेले। उनलाई फिल साल्टले २५ रनमा साथ दिए।

त्यसअघि क्रिस जोर्डनको ह्याट्रिकसँगै एकै ओभरको ४ विकेटमा इंग्ल्यान्डले अमेरिकालाई १ सय १५ रनमा समेटेको थियो। अमेरिकाका लागि नितिश कुमारले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कोरी एन्डरसनले २९ रन बनाउँदा मर्मित सिंहले २१ रन बनाए। त्यस्तै स्टिभन टेलरले १२ रन बनाएका थिए।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’