टी-२० विश्वकप: भारतद्वारा अस्ट्रेलियालाई २ सय ६ रनको लक्ष्य

टी-२० विश्वकप: भारतद्वारा अस्ट्रेलियालाई २ सय ६ रनको लक्ष्य
+
-

टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाइ २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको हो।

सेमिफाइनल प्रवेशका लागि जित्नु पर्ने दबाबमा रहेको  अस्ट्रेलियाले टी-२० विश्वकपमा अहिले सम्मकै उच्च लक्ष्य चेज गर्नु पर्ने भएको हो। अस्ट्रेलियाका लागि टी-२० विश्वकपमा यो सर्वाधिक उच्च लक्ष्य हो।

अस्ट्रेलिया विरुद्ध विशाल स्कोर बनाउने क्रममा भारतका लागि कप्तान रोहित शर्माले ९२ रनको विष्फोटक इनिङ खेले। शर्माले ४१ बलमा ७ चौका र ८ छ्क्का प्रहार गर्दा शिवम् दुवेले २८ रन बनाए। त्यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दीक पाण्ड्या २७ रनमा अविजित रहे। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कुस स्टोइनिस मँहगो सावित भएपनि २-२ विकेट लिए।  अस्ट्रेलिया केहि समय पछि भारत विरुद्ध जवाफि ब्याटिङमा मैदान उत्रिंदै छ।

अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउन भारतलाई हराउनु पर्ने दबाब छ। यदि भारतसँग पराजित भएमा अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बंगलादेश र अफगानिस्तानबिच मंगलबार विहान हुने खेलपछि तय हुने छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’