टी-२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा, कंगारुको भाग्य बंगलादेशको हातमा

टी-२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा, कंगारुको भाग्य बंगलादेशको हातमा
+
-

टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाइ २४ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘एक’ अन्तर्गतको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको अस्ट्रेलिया पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना कमजोर भएको छ।

भारतले भने अब फाइनल प्रवेशका लागि समूह ‘दुई’ को उपविजेता बनेको इंग्ल्यान्डसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। भारत अस्ट्रेलियालाई हराएसँगै पाँचौं पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

अब अस्ट्रेलियाको सेमिफाइनल यात्रा बंगलादेशको हातमा पुगेको छ। यदि बंगलादेशले मंगलबार हुने खेलमा अफगानिस्तानलाई पराजित गरेमा मात्र अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बाँकी रहन्छ। अन्यथा टोली ‘सुपर आठ’ बाटै घर फर्किने छ। यदि बंगलादेशलाई अफगानिस्तानले पराजित गरेमा अफगानिस्तान समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ। यि दुई टोलीबिचको खेल मंगलबार विहान ६:१५ मा सुरु हुने छ।

सोमबार राति भएको खेलमा भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनमा समेटियो। उसका लागि ट्रेभिस हेडले ७६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहरेक कप्तान मिचेल मार्सले ३७ रन बनाउँदा ग्लेन म्याक्सवेल २० रनमा आउट भए। त्यस्तै टिम डेभिडले १५ रन बनाएका थिए। भारतका लागि अर्सदीप सिंहले ३ विकेट लिंदा कुलदीप यादवले २ विकेट हात पारे। त्यस्तै जसप्रित बुमराह र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। अस्ट्रेलिया विरुद्ध विशाल स्कोर बनाउने क्रममा भारतका लागि कप्तान रोहित शर्माले ९२ रनको विष्फोटक इनिङ खेले। शर्माले ४१ बलमा ७ चौका र ८ छ्क्का प्रहार गर्दा शिवम् दुवेले २८ रन बनाए।

त्यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दीक पाण्ड्या २७ रनमा अविजित रहे। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कुस स्टोइनिस मँहगो सावित भएपनि २-२ विकेट लिए।

अब सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो मंगलबार बिहान हुने बंगलादेश र अफगानिस्तानबिचको खेलबाट लाग्ने छ। यसअघि समूह ‘दुई’ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’