लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा निकालियो प्रभातफेरी (तस्बिरहरू)

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा निकालियो प्रभातफेरी (तस्बिरहरू)
+
-

काठमाडौं- आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस। आज विश्वभर विभिन्न कार्यक्रम गरी याे दिवस मनाइन्छ। नेपालमा पनि यस दिवसको अवसरमा प्रभातफेरी र्‍याली निकालिएकाे छ।

भृकुटीमण्डपकाे मूल गेटबाट सुरु भएकाे प्रभातफेरी र्‍याली रत्नपार्क हुँदै नेपाली सेनाकाे जंगी अड्डामा गएर समापन भएकाे थियाे।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा प्रभातफेरी भएकाे हाे।

प्रभातफेरीमा नेपाल स्काउट, अभिभावक संघ, औषधी व्यवसायी संघ, नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाकाे उपस्थिति थियाे।

प्रभातफेरीमा लागुऔषधविरुद्ध जनचेतना जगाउने खालमा ब्यानरहरू प्रस्तुत गरिएका थिए।

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ।

यस दिनको एउटामात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो।

विश्व लागुऔषध प्रतिवेदनले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ।

हेर्नूहाेस् तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?