
सिमकोट – सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकीले पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ। एक वर्षमा स्वास्थ्य चौकीले सम्पादन गरेका कामको सेवाग्राहीको उपस्थितिमा सुनुवाइ कार्यक्रम गरिएको हो।
गत वर्ष साउन महिनायता स्वास्थ्य चौकीले गरेका हरेक सेवाबारे वडावासी र सेवाग्राहीलाई जानकारी गराउने उद्देश्यले पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको उक्त स्वास्थ्य चौकीको संयोजक लबी रावतले बताए।
उनले एक वर्षमा स्वास्थ्य चौकीले एक हजार ५२९ जना बिरामीको उपचार गर्न सफल भएको बताए। त्यसैगरि २१ जना सुत्केरीको संस्थागत सुत्केरी गराउने कार्य भएको र त्यसमा १५ जनाको आठ पटक गर्भ जाँच गर्ने कार्य गरिएको थियो। विद्यालय स्वास्थ्य कार्यक्रम अन्र्तगत सैपाल माविका ६८८ जना बिधार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो। बृद्धि बिकास कार्यक्रम अन्र्तगत भिटामिन ए ४३७ र जुकाको औषधी ३७० बिधार्थीहरुलाई खुवाउने कार्यक्रम गरिएको थियो। त्यसैगरि स्वास्थ्य चौकीबाट ६७ जनालाई खोप लगाउने र ६१ जनालाई परिवार नियोजनका साधन बितरण गरिएको थियो।
सुत्केरी पश्चात स्वास्थ्य परिक्षण २१ जना महिलाको गरिएको थियो। त्यसैगरि आधार बिकास नेपालका सहयोगमा उक्त स्वास्थ्य चौकीले ४९ जना बिरामीमो टेलिमेडिशिन सेवा प्रदान गरिएको जानकारी गरिएको थियो।
३९१ जनालाई पोषिलो आहार सर्वोत्तम पिठो बितरण र ३४ जनालाई अध्यक्ष उपाध्यक्ष ल्याउदैछन पोषण कोशेली बितरण कार्यक्रम अन्र्तगत गरिएको जानकारी संयोजक रावतले गरेका थिए। वडा अध्यक्ष कमल बुढाको उपस्थितीमा कार्यक्रम सञ्चालन भएको थियो। सेवाग्राहीले स्वास्थ्य चौकीका सम्वन्धमा बिभिन्न जिज्ञासा राखेकोमा संयोजक रावतले त्यसको जवाफ दिएका थिए। यसैगरि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले पनि बिहीबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाइ गरेको छ।