भारत र इंग्ल्यान्डबिच गुयनाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको टी-२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले टस जितेको छ। कप्तान जोस बटलरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
गुयनामा वर्षाका कारण टसमा ढिलाइ भएको हो। गुयनामा टस हुनु भन्दा आधाघण्टा अघि वर्षा सुरु भएपछि पिच कभर गरिएको थियो। केहि समय अघि वर्षा रोकिएसँगै टस भएको हो। आजको खेलमा वर्षाले प्रभावित बनाउने सम्भावना अझै कायम रहेको छ।
यदि वर्षाका कारण खेल हुन नसकेकमा भारत सुपर आठको समूह १ को विजेता भएकाले स्वत फाइनलमा प्रवेश गर्ने छ। इंग्ल्यान्ड भने समूह २ को उपविजेता भएकाले खेल हुन नसके प्रतियोगिताबाट बाहिरिने छ। कम्तिमा सेमिफाइनलको खेल पुरा हुनलाई आज १०-१० ओभरको खेल हुनै पर्ने छ।

भर्खरै
लोकप्रिय






































































































































































































