माध्यमिक शिक्षा परीक्षामा जिल्लाको निराशाजनक परिणाम

माध्यमिक शिक्षा परीक्षामा जिल्लाको निराशाजनक परिणाम
+
-

सिमकोट – २०८० सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई ) ५३ भन्दा बढी प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको पाइएको छ। पढाइप्रति विद्यार्थी, शिक्षक र अभिभावको लापरवाही र विद्यालयमा विषयगत शिक्षक अभावको कारण यति धेरै परीक्षार्थी परीक्षामा अनुत्तीर्ण भएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख योगेश आलेमगरले एसईईमा ५३ दशमलव ८१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको बताए। कुल परीक्षामा सहभागिता जनाएका परीक्षार्थी मध्य ४६ दशमलव १९ प्रतिशत उत्तीर्र्ण भएका छन्।

परीक्षामा एक हजार १६१ जना परीक्षार्थीले सहभागिता जनाएकोमा ५४० जना मात्र अनुत्तीर्ण भएका छन्। गाउँपालिकाका विद्यालय अनुसार अनुत्तीर्ण हुनेमा ताँजाकोट गाउँपालिकामा चार वटा माविबाट १५५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाएकोमा ६१ जना अनुत्तीर्ण हुने दर ३८ दशमलव ५५ प्रतिशत छ। त्यसैगरी चङ्खेली गाउँपालिकाका चार माविबाट २०३ जनाले परीक्षामा सहभागिता जनाएकोमा १४८ जना अनुत्तीर्ण हुँदा ७२ दशमलव ९१ प्रतिशत अनुत्तीर्ण भएका छन्।

यता चङ्खेली गाउँपालिकामा दुई वटा माविबाट १२७ जना परीक्षामा सहभागिता जनाएको ४६ जना अनुत्तीर्ण हुँदा ३६ दहमलव २३ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। त्यस्तै सर्केगार्ड गाउँपालिका चार वटा माविबाट २७३ जनाले परीक्षामा सहभागिता जनाउँदा ९३ जना अनुत्तीर्ण हुँदा त्यो ३९ दशमलव ९२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। खार्पुनाथ गाउँपालिकाका पाँच वटा माविबाट १३२ जनाले परीक्षामा सहभागिता जनाउदा ७७ जना अनुत्तीर्ण भएपछि ६८ दशमलव ३४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

सिमकोट गाउँपालिकाका सात वटा माविबाट २८८ जना परीक्षार्थीले एसईईमा सहभागिता जनाउदा १९१ जना अनुत्तीर्ण भएपछि ६६ दशमलव ३२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन्। यता नाम्खा गाउँपालिकाको एक वटा माविबाट ३१ जनाले परीक्षामा सहभागिता जनाउँदा १३ जना अनुत्तीर्र्ण भएर ४१ दशमलव ३२ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएको छ। उनले विद्यार्थीमा परीक्षा प्रणालीप्रति खासै जानकारी नहुनु, नपढी परीक्षा दिँदा पनि उत्तीर्र्ण भइन्छ भन्ने मान्यताको कारण धेरै परीक्षार्थी अनुत्तीर्र्ण भएको बताए।

सिमकोट गाउँपालिका– ७ को कैलाश माविका प्रधानाध्यापक मेजबहादुर बुढाले पूर्वाधार, विषयगत जनशक्ति, प्रबिधिका लागि आवश्यक सामग्री नभएको कारण अहिले यो नतिजा प्राप्त भएको बताए। भूगोल ठुलो भएपनि जनसंख्या कम भएको कारण जिल्लामा २९ वटा मावि आवश्यक नरहेको बताउदै उनले वडा वडामा मावि खोल्नु भन्दा पनि गुणात्मक शिक्षाका लागि प्रधानाध्यापक, अभिभावक र सरोकारवालाको ध्यान नगएको कारण खराव नतिजा आएको बताए। उनले अब युग सुहाउदो गुणात्मक शिक्षाका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। जनशक्ति नभई माविको सञ्चालन हुने तर तल्लो तहका शिक्षकबाट माविलाई पढाउनु पर्ने अवस्थाको कारण पनि यो आएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?