टी-२० विश्वकप अन्तर्गत फाइनल खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ब्रिजटाउनमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्।
टोलीमा कुनै परिवर्तन भएको छैन्। अहिले बारबाडोसको मौसम सफा रहेको छ। यदि वर्षाले खेल रोकिए वा स्थगित भएमा फाइनलका लागि भोलिलाई रिजर्व डे पनि राखिएको छ। फाइनल खेलका लागि १ सय ९० मिनेट अतिरिक्त समय राखिएको छ। टी-२० खेल दुबै टीमले पुरै ओभर खेलेमा ३ घण्टा १० मिनेटमा खेल सकिन्छ।
भारत तेस्रो पटक फाइनल खेल्दै गर्दा दक्षिण अफ्रिकाको भने यो पहिलो फाइनल हो। भारतले यसअघि २००७ को पहिलो संस्करणको उपाधि जितेको थियो। दक्षिण अफ्रिका भने यसअघि सेमिफाइनलबाटै बाहिरिंदै आएको छ।
टी-२० विश्वकपमा भारतलाइ आज दक्षिण अफ्रिकासँग दशककै सबैभन्दा दुर्भाग्यसाली टोलीको ट्याग हटाउनु पर्ने चुनौती रहँदा, सन् १९९२ देखि सेतो बलको क्रिकेट खेल्दै आएको अफ्रिकी टोलीले एउटा पनि विश्वकप जित्न नसकेको कालो इतिहास सच्चयाउनु पर्ने चुनौती रहेको छ। भारतीय टोली २०११ देखि विश्वकपको पर्खाइमा छ । त्यति बेला भारतले एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।
दक्षिण अफ्रिकाले विश्वकप जित्न नसकेपनि सन् १९९८ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। जुन एकमात्र आइसीसी ट्रफिका रुपमा रहेको छ। जुन दक्षिण अफ्रिकाको क्रिकेट इतिहासमा पहिलो र अहिले सम्मको अन्तिम आईसीसी ट्रफी समेत हो।
संयोगवश, भारतले आफ्नो अन्तिम आईसीसी उपाधि पनि च्याम्पियन्स ट्रफीको रूपमा जित्यो। तर, त्यसयता ११ वर्ष बितिसकेको छ। अर्थात च्याम्पियन्स ट्रफि जितेयताको एकदशक भारत आइसीसी ट्रफिको पर्खाइमा छ।


                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































