दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन
+
-

टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो।

एकसमय ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले पुनरागमन गर्दै १४ वर्षपछि विश्वकप उपाधि जित्यो। भारतले २0११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।  टी-२० विश्वकपको भने भारतको यो दोस्रो उपाधि हो। यसअघि २००७ मा भारतले पाकिस्तानलाई हराएर च्याम्पियन बनेको थियो। जारी संस्करणमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो।

खेलमा भारतले  टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि २७ बलमा ५२ रनको इनिङ खेले। उनी बाहेक क्विन्टन डिककले ३९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ३१ रन र डेभिड मिलरले २१ रन बनाए। भारतका लागि हार्दीक पाण्ड्याले ३ विकेट लिंदा अर्सदीप सिंह र जसप्रित बुमराहले समान २-२ विकेट लिए। त्यस्तै अक्षर पटेलले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले टी-२० फाइनलकै उच्च स्कोर बनाएको थियो। भारतले १ सय ७६ रन बनायो। यसअघि २०२१ मा न्युजिल्यान्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले बनाएको १ सय ७३ रन फाइनलको उच्च स्कोरको रुपमा रहेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो। उसका लागि ओपनर विराट कोहलीले जारी विश्वकपकै उत्कृष्ट इनिङ खेले। उनले ५९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ७६ रन बनाए। उनी प्लेयर अफ द फाइनल समेत बने।

त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम् दुवेले २७ रन बनाए। दक्षिण अफ्रिकाका लागि केशर महाराज र एनरिच नोर्तेजले २-२ विकेट लिए। त्यस्तै मार्को जनसेन, कागिसो रबडाले १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?