
काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।
महाधिवेशन सुरू हुनुभन्दा पहिला पार्टीले पदयात्रा सुरू गरेकाे छ। पदयात्रा भृकुटीमण्डपबाट सुरू भई कमलादीस्थित प्रज्ञाप्रतिष्ठासम्म हुनेछ।
आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ।
महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ।
महाधिवेशनलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एस)का नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट करिब तीन वर्षअघि विभाजन भएर गठन गरिएको पार्टीले यो महाधिवेशनलाई १०औं राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ।
थप तस्बिरहरू: