संसद् बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छः उपसभामुख

संसद् बैठकमै माननीयज्यूहरू घ्वाँरघ्वाँर निदाउनुहुन्छः उपसभामुख
+
-

काठमाडाैँ – उपसभामुख इन्दिरा रानाले संसद बैठकमा सांसदहरु निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।

संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद बैठकका बेला सांसदहरु घुर्दै निदाउने गरेको आफूले देखेको बताइन्।

उनले संसदमा फोटो खिच्न आफूले नपाउने भए पनि संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरु निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको बताइन्। उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरुलाई सचेत गराइन्। उनले सांसदहरुले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वाँरघ्वाँर सुतिरहेको हुनुहुन्छ मान्यज्यूहरु। यहाँ मलाई के भन्न मन लाग्यो भने यहाँ पनि धेरै सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले। यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ। जाग जाग नेपाली भन्न मन लाग्यो मलाई। सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस्। उठेर हेर्नुस् त कति सुन्दर छ। यी अनुहार फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ। यी आवाज एकछिनमा हामी सुन्न पाउँदैनौँ। कति बेला हिँड्दा हिँड्दै यी आवाज बन्द हुन्छन् थाहै हुँदैन। हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौं।’

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?