
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न दलका शीर्ष नेताहरु उपस्थित थिए।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत पुगेका थिए।
महाधिवेशनमा नेकपा एमालेबाट भने कोही सहभागी भएनन्। पाँच दिनसम्म चल्ने महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ।