
काठमाडौं- रिक्त पदमा नियमित पदपूर्तिको माग गर्दै नेपाल कृषि सेवाका कृषि तर्फका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
मंगलबार मन्त्रालयको गेटअगि धर्ना दिँदै उनीहरूले आफ्ना मागहरू तत्काल पूरा गरिनुपर्ने माग राखेका हुन्।
उनीहरूले संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका पुल दरवन्दीमा रहेको ३२८ जना समेतको स्थायी दरवन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, कृषि सेवाको कृषि तर्फका समुहको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपुर्ती हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने र नेपालको संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भए अनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्ने काम गर्नुपर्ने भन्दै चार वटा माग राखेका छन्।
थप तस्बिरहरू: