कोपा अमेरिका फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हूँदै छन्। पहिलो क्वार्टरफाइनल खेलमा साविक च्याम्पियन अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर मानिएको इक्वेडरसँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समय अनुसार बिहान ६:४५ मा सुरु हुने खेलमा दुबै टिम सेमिफाइन पुग्ने लक्ष्य सहित मैदान उत्रिंदै छन्।
विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिकाको यो ४८ औं संस्करण हो। अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गर्दा समूह ‘बी’ बाट उपविजेता बन्दै इक्वेडरले अन्तिम आठमा स्थान बनाएको हो।
फिफा वरियतामा इक्वेडरभन्दा अर्जेन्टिना निकै अगाडि रहेको छ। अर्जेन्टिना फिफा विश्व वरियतामा शीर्ष स्थानमा रहँदा इक्वेडर भने ३०औँ स्थानमा रहेको छ। अर्जेन्टिनाले कोपा-अमेरिकामा फुटबलमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ। अर्जेन्टिना सबैभन्दा बढी उरुग्वे समान १५ पटक उपाधि उचालेको टोली हो। साथै १४ पटक उपविजेता बनेको छ। अर्जेन्टिनाले सन् १९२१ मा पहिलो पटक र सन् २०२१ मा अन्तिम पटक कोपा-अमेरिकाको उपाधि उचालेको थियो। इक्वेडर भने हालसम्म कोपा-अमेरिकाको सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।
दक्षिण अमेरिकाका यि दुई पुराना प्रतिद्वन्दीबिच अहिले सम्म कुल ४० खेल भएका छन्। जसमा अर्जेन्टिनाले २४ खेलमा इक्वेडरलाई हराउँदा इक्वेडरले भने हालसम्म पाँच खेलमा मात्र अर्जेन्टिनालाई हराउन सकेको छ। बाँकी ११ खेल भने बराबरीमा सकिएको छ। यी दुई टोलीबिच पछिल्लो पटक २०२४ को जुन ९ तारिखमा भएको थियो। त्यो खेलमा अर्जेन्टिना १-० ले विजयी भएको थियो।


                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































