
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार बसेको कार्यसमिति बैठकको निर्णय सार्वजानिक गर्दै केन्द्रिय उपाध्यक्ष सहित ४ जनलाइ स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। सचिव पारस खड्का द्वारा जारी गरिएको विज्ञप्तीमा उनीहरुलाई स्पष्टिकरणको प्रकृया अघि बढाउने उल्लेख छ।
विभिन्न १३ वटा निर्णय गरेको क्यानले महिला क्रिकेट टिम ब्यबस्थापक र टीम प्रशिक्षकमाथि अभद्र व्यवाहार गरेको भन्दै खेलाडी अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णयपनि गरेको छ। साथै फिक्सिङ आरोपमा अदालतबाट निर्दोस सावित भएका आदिल आलमको निलम्बन एकहप्ता भित्र फुकुवा हुनेगरी प्रकृया अगाडि बढाउन अनुशासन समितिलाइ आवश्यक निर्णय गर्न निर्देश दिएको छ।
क्यानले विज्ञप्ती जारी गर्दै क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरेको आरोपमा उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको भन्दै उनीहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गरेको छ। स्पष्टिकरणमा पर्नेहरुमा केन्द्रीय उपाध्यक्ष रोशन कुमार सिंह सहित केन्द्रीय सदस्यहरु माधव कुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेल रहेका छन्।
त्यस्तै क्यानले राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा वधाई दिंदै जुलाई १ देखी डिसेम्बर ३१ सम्मका लागि सेन्ट्रल कन्ट्रयाक अन्तर्गत ग्रेड ‘ए’ मा राख्ने निर्णय गसमेत गरेको छ।
यस्ता छन् क्यानले गरेका निर्णय