युरोपियन च्याम्पियनसिप फुटबलम अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा शुक्रबार मध्यरातमा फ्रान्स र पोर्चुगल भिड्दै छन्।
फ्रान्स विरुद्ध कमजोर इतिहास भएको पोर्चुगल उपाधि दाबेदारीमा कायम रहन अर्को एउटा दाबेदार टोलीलाई स्तब्ध पार्ने प्रयासमा मैदानमा उत्रिंदै छ। नेपाली समय अनुसार मध्यराति १२:४५ मा सुरु हुने खेलमा दुबै टोलीको लक्ष्य सेमिफाइनल रहेको छ।
समूह ‘एफ’ मा पोर्चुगल विजेताका रुपमा नकआउट प्रवेश गरेको थियो। भने उसले अन्तिम १६ को खेलमा स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० ले हराएर क्वाटरफाइनल पुगेको थियो। फ्रान्स भने समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो भने उसले अन्तिम १६मा बलियो प्रतिद्वन्दी बेल्जियमलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।
फिफा वरियतामा दोस्रो स्थानमा रहेको फ्रान्स र छैटौँ स्थानमा रहेको पोर्चुगलबिचको खेललाई रोनाल्डो विरुद्ध एम्बाप्पेको खेलका रुपमा समेत हेरिएको छ। तर जारी संस्करणमा यि दुबै खेलाडी अपेक्षित रुपमा चल्न सकेका छैनन्।
फ्रान्स र पोर्चुगलबिच अहिले सम्म कुल २८ खेल हुँदा १९ खेलमा फ्रान्सले पोर्चुगललाई हराएको छ। पोर्चुगलले केवल ६ खेलमा फ्रान्सलाई पराजित गरेको छ। ३ खेल बराबरीमा सकिएका छन्। फ्रान्स विरुद्ध पोर्चुगलले ३१ गोल गर्दा फ्रान्सले पोर्चुगलको पोस्टमा ५२ गोल गरेको छ।
पोर्चुगलले जितेको चर्चित फाइनल युरो २०१६ पनि हो। उक्त फाइनलनै रोनाल्डोको एकमात्र मुख्य उपाधि हो। आफ्नो ३९ वर्षीय उमेरमा छैटौं युरो खेल्दै गरेका रोनाल्डो च्याम्पियन बनेर युरो बिट मार्ने लक्ष्यमा छन्। तर पोर्चुगलसँगको २०१६ को फाइनल विर्साउन यो पटक क्वाटरफाइनलमै पोर्चुगलको यात्रा समाप्त गर्ने लक्ष्यमा फ्रान्स रहेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































