
काठमाडौँ – लगातारको वर्षाले काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती डुबानमा परेका छन्।
भारी वर्षासँगै काठमाडौँका नदी/खोलामा पानीको सतह बढ्दा नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ।
गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ। कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ।