देशसञ्चार चौतारी : भाग-५२

गाउँमा दाउरा र एलपिजीको विकल्प

+
-

ऊर्जाविज्ञ शालिग्राम पोखरेलले नेपालमा ऊर्जाका सम्भावनाहरुबारे देशसञ्चार चौतारीका क्रममा खोतलेका छन्। कतारस्थित विश्वविद्यालयमा पढाइरहेका पोखरेलले नेपालमा जलविद्युतको विकल्पका रुपमा सौर्यऊर्जाको सम्भावना पनि देखाएका छन्। सिंगापुरमा पनि अध्यापनको अनुभव बटुलेका पोखरेल त्यसअघि नेपाल सरकारको जल तथा शक्ति आयोगमा पनि कार्यरत थिए।

नेपालमा वायोग्यास एक सफल परियोजना रहेको पनि उनले बताए। यस क्रममा देशका विभिन्न स्थानमा घुमेर वायोग्यासको सम्भावना पनि खोतलेको उनले बताए। उनले ऊर्जाका क्षेत्रमा थुप्रै रिसर्च आर्टिकलहरु पनि लेखेका छन्।

नेपालमा सौर्य ऊर्जाको प्रसस्त सम्भावना रहेको पोखरेलले बताए। नेपालमा ऊर्जाको अधिकतम स्रोत वायोमासकै रहेको उनले बताए। ‘त्यसपछि पेट्रोल, कोइला, विद्युत र नवीकरणीय ऊर्जाको स्थान आउँछ,’ उनले भने।

फर्पिङयताको सय वर्षमा ३ हजार मेगावाटमात्र बिजुली निकाल्न सकिएको उनले बताए। सैद्धान्तिक रुपमा ८३ हजार मेगावाट बिजुली आउने भने पनि सय वर्षमा ३ हजार मेगावाट मात्र निकाल्न सकिएको उनको भनाइ थियो। ‘त्यही भएर कार्यान्वयन पक्ष महत्त्वपूर्ण हुन्छ,’ उनले भने।

बर्षाको सिजनमा सौर्यऊर्जाको रेडिएसन कम भए पनि अन्य समयमा सौर्यऊर्जाको प्रसस्त सम्भावना नेपालमा रहेको पनि पोखरेलले बताए। विद्युतमा बाहिरी देशको निर्भरता सौर्यऊर्जाको उत्पादनले हटाउने उनले बताए। ‘जलविद्युतलाई विकल्प दिनसक्ने क्षमता सौर्यऊर्जामा छ,’ उनले भने।

सौर्यऊर्जाको क्षेत्रमा नेपालमा धेरै काम हुन नसकेको उनको भनाइ छ। कुनै समयमा ५ हजार मेगावाट भनेर बजेटमा सपना देखाए पनि अहिलेको बजेटमा १ हजार मेगावाट सौर्यऊर्जाको सम्भावना देखाइएको तर यसका लागि प्रसस्त काम गर्नुपर्ने पनि पोखरेलले बताए।

सौर्यऊर्जाको प्लान्ट ६ महिनामै लगाउन सकिने पनि पोखरेलले बताए। नवीकरणीय ऊर्जा १० प्रतिशतभन्दा बढी हुननसक्ने जस्ता तर्कले यसप्रतिको दृष्टिकोण र रुझान घटाउनेतर्फ पनि अन्तर्क्रियाका क्रममा पोखरेलले इंगित गरे। सौर्यऊर्जालाई वास्तविकतामा परिणत गराउन धेरै विकल्पहरु रहेको र यसमा काम गर्नुपर्ने उनले बताए। ‘८० किमीको स्पिडमा सजिलै गुड्नसक्ने सडकमा ५० को लिमिट राखेर हुन्छ?’ उनले सौर्यऊर्जा वा नवीकरणीय ऊर्जालाई सरकारले राखेको सिलिङलाई ट्राफिक प्रहरीले राम्रो सडकमा लगाएको ५० किलोमिटर प्रतिघन्टाको लिमिटसँग तुलना गर्दै भने।

बत्तीमात्र बालेर धेरै ऊर्जा खपत नहुने तर एलपिजी ग्यासको खपत हुने भान्सामा सौर्यऊर्जा वा विद्युत ऊर्जा प्रयोग गरेर एलपिजीको खपत कम गर्नसकिने उनले बताए। ‘नेपालमै उत्पादन भएको बिजुली खपत गर्न छाडेर बाहिरबाट एलपिजी ल्याउनुपर्ने अवस्था रहँदैन,’ उनले भने। गाउँमा दाउरा र एलपिजीको प्रसस्त विकल्प खोजी गर्न सकिने पनि ऊर्जाविज्ञ पोखरेलले देशसञ्चार चौतारीका क्रममा बताए।

विस्तृत भिडियो:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?