भारत-पाकलाई हराउने लक्ष्य राखेको नेपाल श्रीलंकाको स्थानिय टोलीसँग पराजित

भारत-पाकलाई हराउने लक्ष्य राखेको नेपाल श्रीलंकाको स्थानिय टोलीसँग पराजित
+
-

काठमाडौं- एसियाकपको तयारीका लागि श्रीलंकामा रहेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानिय टोलीसँग पराजित भएको छ। आफ्नो पहिलो टी-२० अभ्यासमा नेपाललाई श्रीलंका डेभलप्मेन्टले  ३३ रनले पराजित गर्‍यो।

वर्षाले प्रभावित खेलमा  ९६ रनको सामान्य लक्ष्य पाएको नेपाल  ६३ रनमा समेटियो। वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा नेपालका लागि सीता रानामगरले ११ रन र रुविना क्षेत्रीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

देवमी विहांगाले ३ र सेहानीले २ विकेट लिइन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका डेभलप्मेन्टले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो। नेपालको इनिङमा वर्षा भएपछि डिएल म्यथोडमा नेपालले १५ ओभरमा ९६ रनको लक्ष्य पाएको थियो।

श्रीलंका डेभलोप्मेन्टका लागि दुलानीले २७ रन बनाउँदा नेपालकी सबनम राईले ३ र राजमति ऐरीले १ विकेट लिइन्। नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन टी-२० खेलको सिरिज खेल्ने कार्यतालिका रहेको छ। नेपालले अर्को खेल बुधबार र अन्तिम खेल आगामी मंगलबार खेल्ने कार्यतालिका रहेको छ। नेपालले एसीसी एसियाकपमा आफ्नो समूहमा  भारत, पाकिस्तान र युएईसँग प्रतिस्पर्धा गर्दै छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?