इंग्ल्यान्ड र नेदरल्यान्ड्स कुन टोली पुग्ला फाइनल?

इंग्ल्यान्ड र नेदरल्यान्ड्स कुन टोली पुग्ला फाइनल?
+
-

युरोपियन च्याम्पियनसिप फुटबलको १७ औँ संस्करणमा बुधबार मध्यरातमा फाइनल पुग्ने दोस्रो टोलीको तय हुँदै छ। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विश्व फुटबलका दुई महारथीहरु इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दै छन्। नेपाली समय अनुसार खेल मध्यराति १२:४५ मा सुरु हुने छ।

यो खेल जित निकाल्ने टोलीले फाइनलमा स्पेनको सामना गर्ने छ। स्पेन साविक विश्व उपविजेता फ्रान्सलाई २-१ ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ।  जारी संस्करणमा इंग्ल्यान्ड आफ्नो उच्च प्रदर्शन गर्न असफल भएपनि सेमिफाइनल सम्म पुग्न सफल भएको छ। विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी पछिल्लो वरीयतामा दुबै टोलीको कडा टक्कर देखिन्छ। इंग्ल्यान्ड पाँचौँ स्थानमा रहँदा डच टोली भने सातौं स्थानमा रहेको छ।

सेमिफाइनल सम्मको यात्रा तय गर्ने क्रममा इंग्ल्यान्डले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। उसले नकआउटमा स्लोभाकियालाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दा क्वाटरफाइनलमा प्रवेश गरेको थियो। क्वाटरफाइनलमा भने स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराएको थियो। उसको नकआउटको संघर्ष हेर्दा डच टोली विरुद्ध इंग्ल्यान्डलाई मुस्किल पर्ने पक्का छ।

त्यसोत समूहचरणमा संघर्ष गर्दै अघिल्लो चरण पुगेको डच टोलिले नकआउट चरणमा भने आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएको छ। नेदरल्यान्ड्सले प्रि-क्वाटरफाइनलमा रोमानियामाथि ३-० को जित निकाल्दा क्वाटरफाइनलमा भने टर्कीलाई २-१ ले हराएको थियो।

युरोकपमा इंग्ल्यान्ड अहिले सम्म उपाधि जित्न असफल भएको छ। गत संस्करणमा फाइनल पुगेपनि उपाधि विहीनता तोड्न भने सकेन्। नेदरल्यान्ड्सले भने अहिले सम्म एकपटक उपाधि जितेको छ। सन् १९८८ मा नेदरल्यान्ड्सले युरोकपको उपाधि जितेको थियो। त्यसयता भने डच टोली फाइनल सम्म पनि पुग्न सकेको छैन्।

यि दुइ टोलीबिच अहिले सम्म अन्तर्राष्ट्रिय फुटबलमा कुल २२ खेल भएका छन्। जसमा इंग्ल्यान्डले ६ र डच टोलीले ७ खेलमा जित निकाल्दा ९ खेल बराबरीमा सकिएको छ। पछिल्लो पटक युइएफए नेसन्स लिगका दौरान २०१९ मा भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३-१ ले हराएको थियो। अहिलेसम्म नेदरल्यान्ड्सले २९ गोल गर्दा इंग्ल्यान्डले ३१ गोल गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?