नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा

नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा
+
-

सब्सटिच्युट ओली वाट्किन्सले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गर्दा इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनल प्रवेश गरेको छ। नेदरल्यान्ड्सलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल प्रवेश गरेसँगै इंग्ल्यान्डले उपाधिका लागि स्पेनसँगको भेट पक्का गरेको हो।

डर्टमुन्डमा भएको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा नेदरल्यान्ड्सले सुरुवातमै अग्रता लिएको थियो। नेदरल्यान्ड्सका लागि जाभी सिमोन्सले सातौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।  तर पेनाल्टीमार्फत पहिलो हाफमै इंग्ल्यान्डले खेल बराबरीमा ल्यायो। ह्यारी केनले १८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि पहिलो तथा दोस्रो हाफको अधिकांस समय दुबै तर्फबाट थप गोल हुन सकेन्। यद्यपि दुबै टोलीले गरेका केही उत्कृष्ट प्रहार पोलमा लाग्दा गोलको अवसर सदुपयोग भएन। तर खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना उन्मुख अवस्थामा ह्यारी केनको स्थानमा ८० औं मिनेटमा मैदान छिरेका वाट्किन्स नायक सावित बन्दा इंग्ल्यान्ड सनसनीपूर्ण रूपमा फाइनल प्रवेश गर्‍यो।

उत्कृष्ट पुनरागमन जितसँगै अब इंग्ल्यान्डले आइतबार बर्लिनमा हुने युरो-२०२४ को फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ। स्पेन फ्रान्सलाई हराएर फाइनल प्रवेश गरेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’