विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम, आर्थिक कमाइको माध्यम

विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम, आर्थिक कमाइको माध्यम
+
-

सिमकोट – विद्यालयमा लागु भएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीका लागि आर्थिक रुपमा फाइदा देखिएको छ। विद्यालयमा अध्ययन गर्दै गरेको बेला बचेको समयमा आयआर्जनका कामहरु गरेर आम्दानी हुन थालेपछि यसबाट प्रत्यक्ष रुपमा विद्यार्थीले फाईदा लिन पाएका हुन्।

सर्केगार्ड गाउँपालिका– २ को लिप्नेमा रहेको लालि गुराँस माविको कक्षा दशमा अध्ययनरत छात्रा सल्फी कार्कीले यो कार्यक्रमबाट कापी, डड्पेन, जुत्ता, ड्रेस लगाएतका शैक्षिक सामाग्री ब्यवस्था गर्न आफुलाई सहज भएको बताएबाट यसको महत्व बुझ्न कठिन छैन। उनले एक वर्षका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री ब्यवस्था गर्न समस्या भएको बेला यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सहयोग गरेको जानकारी दिएका चछन् । त्यो संगै आर्थिक अबस्था कमजोर भएका विद्यार्थीका लागि अति नै उपयोगी र आम्दानीको श्रोत यो कार्यक्रम भएको छ।

सोही विद्यालयको कक्षा नौमा अध्ययनरत छात्र अनिल कार्कीले आफ्ना लागि दुई वर्षयता घरबाट कुनै खर्च गर्नु नपरेको बताएपछि विद्यार्थीका लागि आर्थिक कमाईको माध्यम बनेको छ। अघिल्लै वर्ष पढाईका लागि बार्षिक रुपमा खर्च गरेर केही रकम बैंकमा बचाउन सफल भएको बताउदै कार्कीले यसवर्ष पून तरकारी खेती सुरु गरेका छन्। विद्यालय जीवनबाटै विद्यार्थीलाई आयआर्जनका काममा लगाउने कार्यले पढाईका लागि विद्यार्थी स्वाभलम्वि बनेको बताउदै उनले विद्यार्थीको चाहाना अनुसार आयआर्जनका काम गर्न पाए अझै उपयोगी हुने सुझाव दिए। गत वर्ष तरकारी खेती र खरायो पालनबाट बीस हजार कमाई गरेको बताउदै यस पटक भने तरकारी खेती गरि रहेका छन्।

उक्त विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले अघिल्लो वर्ष खरायो पालनबाट आयआर्जन गरेको उक्त विद्यालयमा यस वर्ष पढ्दै कमाउदै कार्यक्रमबाट तरकारी खेती र खरायो पालन सुरु गरिएको जानकारि दिए।

यसवर्ष ५४ जना विद्यार्थीलाई खरायो पालनका लागि एकएक जोडी खरायो बितरण गरिएको र १५२ जना विद्यार्थीलाई चार हजार बर्गमिटर क्षेत्रफल जग्गामा तरकारी खेती सुरु गरिएको छ। प्रधानाध्यापक महताराले यो कार्यक्रमबाट कमाई थोरै देखिए जस्तो भएपनि कक्षा छ देखि दशसम्मका सबै विद्यार्थीले कमाई गर्ने भएको कारण ब्यवहारिक पनि देखिएको बताए। कमै कमाउने विद्यार्थी दश हजार कमाई गर्ने तर बजार भने गाउँपालिका केन्द्रसम्म पुग्नु पर्ने अबस्था रहेको छ। यसवर्ष यो कार्यक्रमको लागि विद्यालयले पाँच लाख रुपियाँ लगानी गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?