भतिजको खोजी गर्न भारतको मोतीहारीबाट सिमलताल आइपुगेका मोहम्मद (भिडियो)

+
-

चितवन – त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका दुई बसको खोजी कार्य शनिबार पनि निरन्तर रह्यो। शुक्रबार बिहान करिब ३ बजे नारायणगढ– मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए।

भरतपुर महानगरपालिका– २९  चौकी डाँडामा बाटो खन्दा थुप्रिएको माटो एकैपटक तल आएर सिमलतालमा बसलाई सोहोरेर त्रिशूलीमा पुर्‍याएको थियो।

शनिबार बिहानदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सरोकारवालाहरू खोजी कार्यमा खटिएका थिए। नदीमा भइरहेको खोजी कार्य मनिल अनुहार लिएर हेरिरहेका थिए मोहम्मद जावेद आलम। उनीसँगै केही अरू पनि थिए।

‘सामाजिक सञ्जाल फेसबुकमा गरिएको पोष्टबाट मेरो भतिजको नाम पनि देखेपछि थाहा भयो,’ आलमले भने।

भजितको नाम दुर्घटना भएको सूचीमा सामाजिक सञ्जालमा देखेपछि उनी भारतको मोतीहारीबाट सिमलताल आइपुगेका हुन्। दुर्घटनामा परेका उनका भतिज शहनवाज आलम हुन्। मोहम्मदका अनुसार शहनवाज काठमाडौँ जाँदै थिए। शहनवाज काठमाडौँमा सिलाइको काम गर्थे।

तर, भजितले काठमाडौँमा काम गर्ने ठाउँबारे आफूलाई थाहा नभएको उनले बताए। घटना थाहा पाएसँगै आफूसहित ४/५ जना शुक्रबार राति जितपुर आइपुगेको र आज बिहान त्यहाँबाट यात्रा गरेर घटनास्थलमा पुग्यको उनको भनाइ छ। मोहम्मदका अनुसार शहनवाज एक्लै काठमाडौँको यात्रा गरिरहेका थिए।

मोहम्मदले शहनवाज २० वर्षभन्दा माथि उमेरको रहेको भने पनि शहनवाजको आधार कार्डमा १९/०६/१९९६ सालको जन्म मिति रहेको छ।

मोहम्मदका अनुसार शहनवाजको घरमा उनको आमा, भाइ रहेको र बाबुको मृत्यु भइसकेको छ। मोहम्मदले भतिजको शव भेटिने आशामा रहेको बताए। उनले भने,’शव मिल जाए, वही बहुत हैं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?