
स्पेनका कार्लोस अल्कारेजले विम्बल्डन टेनिसको उपाधि लगातार दोस्रो पटक जितेका छन्। लन्डनको सेन्टर कोर्टमा आइतबार राति भएको उपाधि भिडन्तमा २४ पटकका ग्रान्ड्स्लाम विजेता नोभाक जोकोभिचलाई सहज रुपमा पराजित गर्दै उपाधि जिते।
गत संस्करणको पुनरावृति हुने अपेक्षा भएपनि १२ महिना अघिको रोमाञ्चक पाँच सेटको फाइनल कायम राख्न जोकोभिच असफल रहे। जोकोभिच अल्कारेज विरुद्ध निकै निरीह देखिएका थिए। अल्कारेजले २ घण्टा २७ मिनेटमै खेल आफ्नो पक्षमा पारेका थिए। २०२३ को फाइनलमा पनि यि दुई खेलाडी भिडेका थिए।
जित हासिल गर्ने क्रममा तीन च्याम्पियनसिप अङ्क गुमाउनुका बाबजुत अल्कारेजले तेस्रो सेटको टाइब्रेकको माध्यामबाट खेल ६-२, ६-२, ७-६ (७-४) को सोझो सेटमा जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारे।
जोकोभिच लगातार दोस्रो वर्ष रोजर फेडेरर समान आठ विम्बल्डन उपाधि जित्ने प्रयासमा रहेको भएपनि उनको लक्ष्य पुरा भएन्। २४ पटक ग्रान्डस्लाम विजेता मार्गरेट कोर्ट भन्दा अघि रहँदै सर्वाधिक ग्रान्डस्लामको कीर्तिमान बनाउने प्रयासमा रहेपनि जोकोभिचको प्रतिक्षा लम्बिएको छ।
जोकोभिच सहज रुपमा पराजित भएपनि मुस्कुराउँदै अल्कारेजलाई बधाइ दिएका थिए। विम्बल्डन महिला एकलको उपाधि भने चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवाले जितेकी छिन्। उनले इटालीकी जैस्मीन पाओलिनीलाइ हराएर हपलो ग्रान्ड्स्लाम जितेकी हुन्।