उच्च शिक्षा अध्ययन गर्ने दलित तथा अपांग विद्यार्थीको छात्रवृत्ति फिर्ता

उच्च शिक्षा अध्ययन गर्ने दलित तथा अपांग विद्यार्थीको छात्रवृत्ति फिर्ता
+
-

सिमकोट – जिल्लाभरका दलित तथा अपाङ्गता भएका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि आएको छात्रबृत्तिको बजेट फिर्ता गएको छ। छात्रबृत्ति प्रदान गर्ने सामाजिक बिकास कार्यालयले छात्रबृत्ति दिनका लागि सुचना प्रकाशन गर्दा आवश्यक कोटाको आवेदन नपरेपछि सो बजेट फिर्ता गएको हो।

कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले उच्च शिक्षा अध्ययन गर्ने अपाङ्गता भएका दश जना विद्यार्थीका लागि बार्षिक चौबीस हजार पाउने गरि आएको दुई लाख चालीस हजार रुपियाँमा चार जनाको मात्र आवेदन परेकोले ९६ नब्बे हजार मात्र खर्च भएको र बाँकी बजेट फिर्ता गएको बताए।

त्यसैगरी उनका अनुसार उच्च शिक्षा दलित छात्रबृत्तिमा आएको दुई लाख चालीस हजारमा पाँच जनाको आवेदश पर्दा एक लाख बीस हजार खर्च भएको र बाँकी बजेट फिर्ता गएको छ। यो शिर्षकको छात्रबृत्तिमा पनि प्रति विद्यार्थी बार्षिक चौबीस हजार रुपियाँ पाउने हो।

त्यसैगरी प्राबिधिक धारतर्फ तीन वर्षे डिप्लोमामा अध्ययन गर्ने प्राबिधिक छोरी बुहारी छात्रबृत्तिमा पनि बीस वटा कोठा भएकोमा सुचना प्रकाशित गर्दा तेह्र जनाको आवेदन परेको थियो। यसमा बार्षिक पचास हजार प्रतिविद्यार्थी प्रदान गरिन्थ्यो। कोटा भन्दा कम आवेदन परेको कारण साँढे तीन लाख बजेट सो शीर्षकमा फिर्ता गएको हो। कार्यालयले यो छात्रबृत्ति कोही पनि तोकिएको शिर्षकमा पाउने विद्यार्थी नछुटोस भनेर कार्यालयले दुई पटक सुचना प्रकाशित गरेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?