युरोपियन च्याम्पियनसिप (युरोकप) को फाइनलमा लगातार दोस्रो पटक पराजित भएको दूई दिन पछि इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले आफ्नो पदबाट राजिनामा दिएका छन्।
इंग्ल्यान्ड युरोकपको फाइनलमा स्पेनसँग २-१ ले पराजित हुँदै लगातार दोस्रो पटक उपविजेतामा सिमित भएको थियो। यसअघिको संस्करणमा इटालीसँग उपाधि गुमाएको इंग्ल्यान्ड यो पटक स्पेनसँग स्तब्ध बन्यो। ५३ वर्षीय साउथगेटको आगामी डिसेम्बर सम्म सम्झौता रहेको भएपनि उनले राजिनामा दिएका हुन्।
उनले इंग्लिस टिममा करिब ८ वर्ष विताउँदै राजिनामा दिएका हुन्। उनलाई नोभेम्बर २०१६ मा इंग्ल्यान्डको प्रशिक्षकको रुपमा नियुक्त गरिएको थियो। उनले ४ मुख्य प्रतियोगिताहरुमा टिमको नेतृत्व गरेका उनले युरोकपको दुई संस्करण अर्थात २०२० र २०२४ मा टिमालाई फाइनल पुर्याएपनि उपाधि जित्न भने उनि असफल रहे।
उनको नेतृत्वमा इंग्ल्यान्डले १ सय २ खेल खेलेको थियो। जसमध्ये टोलीले ६१ खेलमा जित हासिल गरेको थियो। उनी देशको सबैभन्दा सफल प्रशिक्षक मध्ये एकको रूपमा रहन सफल हुँदा लामो समय इंग्ल्यान्डको प्रशिक्षक रहने मध्येमा समेत उनी रहे।
साउथगेटले मंगलबार राजिनामा दिंदै भने ‘इंग्लिस म्यान हुनुमा गर्व छ। प्रशिक्षकका रुपमा इंग्ल्यान्डबाट खेल्न पाउनु मेरो लागि निकै सम्मानको कुरा हो। मैले सफल्ताका लागि आफ्नो सक्दो प्रयास गरें।’ उनले अगाडी थपे ‘अब परिवर्तनको समय आएको छ।, अब नयाँ अध्यायको सुरुवात हुँदै छ। मेरो लागि वर्लीनमा स्पेनसँगको खेलनै इंग्लिस प्रशिक्षकको रुपमा अन्तिम खेल भएको छ।’

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































