बेलायतमा बसेर काम गरिरहेका सेफ विनोद बरालले नेपाली खानालाई विश्वबजारमा लोकप्रिय बनाउने सुर कसेका छन्। पछिल्लो समयमा उनी यसका लागि काम पनि गरिरहेका छन्। उनी खाना डिप्लोमेसीकै एउटा पार्ट भएको बताउँछन्। उनी यसका लागि काम पनि गर्छन्। लेख पनि लेख्छन्।
नेपाल पनि खाना डिप्लोमेसीका कारण संसारभर चिनिनसक्ने उनी बताउँछन्।
घरबाट बाहिर निस्केर खान थालेपछि विभिन्न थरिका खानाबारे थाहा पाउन थालेको उनी बताउँछन्। नेपालका १ सय २८ वटा समुदायमध्ये नेवार समुदाय खानाका लागि धेरै धनी रहेको उनी बताउँछन्।
‘घरमा फ्रिज नराख्ने भनेको ताजा खान हो, हामी नेपालीहरु खास गरी ताजा र मौसमअनुसारको खाना खान रुचाउँछौँ यही भएर कोल्डस्टोर वा फ्रिजको कन्सेप्ट नआएको हो,’ उनले देशसञ्चार चौतारीका क्रममा भने। घरमा थिचेको लसुन वा जिरा राखेर झानेको सरल खाना मीठो हुने उनी बताउँछन्। खाना मीठो बनाउन सरल बनाउनुपर्ने उनी बताउँछन्।
घरमा छोरीले चिउराको बोट भनेर गुगल गरेको देखेपछि नेपाली खाना र परिकारबारे लेख्नुपर्ने सोच आफूमा आएको उनी बताउँछन्। विदेशमा नेपाली खानालाई भारतीय खाना भनेर वा भारतीय खानालाई नेपाली खाना भनेर बेचिने उनी बताउँछन्। तर नेपाली खाना भारतीय खानाभन्दा एकदमै फरक रहेको उनको ठम्याइ छ।
नेपाली संस्कृतिमा खाना अभिन्न अंग रहेको उनी बताउँछन्। नेपाली खानाको प्रचारप्रसार भने नभएको उनी बताउँछन्। ‘नेपाली खाना एकदमै रिच छ, तर प्रचारप्रसार भने पुगेको छैन,’ उनले भने।
उनले बेलायतमा मोमो एन्ड रोटी भन्ने ब्रान्डमा पसल खोलेर मोमोलाई स्टार्टरभन्दा मेन कोर्सका रुपमा बेच्न थालेको स्मरण पनि देशसञ्चार चौतारीका क्रममा गरे। मोमोलाई नेपाली परिकारका रुपमा संसारभरि फैलाउन आफू लागिपरेको उनी बताउँछन्। मोमो नेपालको एकदमै भर्सटाइल खाना रहेको उनी बताउँछन्। ‘मासु हाल्नुस् वा तोफु, मोमो मिठो हुन्छ, स्टिम भएका कारण स्वास्थ्यबर्धक पनि हुन्छ,’ उनी भन्छन्।
मीठो खाना बनाउन धेरै समय नलाग्ने उनी बताउँछन्।
‘काठमाडौँमा भ्यारभ्यारे मोमो खाने कि नाङ्लोमा खाने? बोतामा खाने कि कता खाने भन्ने अप्सन छ, खानाको संस्कृति एकदमै फस्टाइरहेको छ,’ उनले भने।
उनले कार्यक्रममा क्रममा प्रश्न पनि गरे- खसीको मासु खाँदा गरममसलाको स्वाद भएर हुन्छ? आफूलाई अहिले पनि सिलौटामा पिसेको अचार र दुई पिस मासु चाहिने उनी बताउँछन्।
पूरा भिडियो:

भर्खरै
लोकप्रिय






































































































































































































